जनता टाइम्स

२ मंसिर २०७७, मंगलवार १३:०८

गोरखा अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु


गोरखा, मंसिर २

गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान निधन भएको छ ।

फोक्सोको क्यान्सरका पीडित ती पुरुषलाई कात्तिक २७ गते उपचारका लागि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।