जनता टाइम्स

२ मंसिर २०७७, मंगलवार १६:०६

५ सय संक्रमित देखिँदा २८ सय बढि डिस्चार्ज


काठमाडौं, मंसिर २

कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो पटक कम देखिएको छ । तिहार परेर पनि पिसिआर टेष्ट कम भएपछि संक्रमित पनि कम भेटिएका हुन् । ३ हजार ११२ टेष्ट हुँदा ५०२ जनालाई संक्रमण देखिएको छ ।

योसँगै कुल संक्रमितको संख्या भने २ लाख ११ हजार ४७५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या भने २ हजार ८ सय ७८ रहेको छ । यससँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २४२ रहेका छन् । अर्थात निको हुने दर ८४ दशमलव ८ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १७ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय ४७ पुगेको छ।