काठमाडौं, मंसिर ३
पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ। मन्त्रालयका अनुसार देशभर ३ हजार ५३८ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ। आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन् । देशभर आज ६७३१ जनाको पिसिआर परीक्षण भएको छ । अहिले देशभर ९१० जना क्वारेन्टिनमा रहेका छन् । भेन्टिलेटरमा ५४ जना हुनुहुन्छ भने देशभर आइसियुमा ३२६ जना हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्