काठमाडौं, मंसिर ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा एक अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ आज जारी गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा सो अध्यादेश जारी गर्नुभएको हो ।












प्रतिक्रिया दिनुहोस्