जनता टाइम्स

३ मंसिर २०७७, बुधबार १८:५६

द्वन्द्धपीडितलाई ओली सरकारको मलम : माओवादी र तराई-मधेश आन्दोलनका घाइतेबारे लियो यस्तो निर्णय


काठमाडौं, मंसिर ३ । सरकारले माओवादी द्वन्द्धका क्रममा घाइते भएका र मधेश आन्दोलनका घाइतेको निशुल्क उपचार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि एक मन्त्रीले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार आजको बैठकले माओवादी द्वन्द्धका क्रममा घाइते भएका द्वन्दपीडित र तराई मधेश आन्दोलनका घाइतेको उपचार निशुल्क गर्ने निर्णय गरिएको हो । अधिकार प्राप्तीको आन्दोलनमा लाग्दा घाइते भएकाहरुको पीडामा मलम लगाउन सरकारले यस्तो निर्णय गरेको ती मन्त्रीको भनाई छ ।

आजको मन्त्रिपरिषद बैठकले कांग्रेस सांसद मिन बिश्वकर्माको उपचार खर्च बेहोर्ने निर्णय पनि गरेको छ ।