जनता टाइम्स

१८ जेष्ठ २०७६, शनिबार १६:१६

तलव बृद्धि राष्ट्रसेवक कर्मचारीको मात्रै हो, राष्ट्रपति–प्रधानमन्त्री–सांसदको होइन : अर्थमन्त्री खतिवडा


काठमाडौं, जेठ १८

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको मात्रै तलव बृद्धि भएको प्रष्ट पार्नुभएको छ । कर्मचारीसँगै संबैधानिक निकाय र जनप्रतिनिधिको समेत तलव भत्ता बृद्धि भएको समाचार बाहिरअ ाएपछि अर्थमन्त्री खतिवडाले बजेट बक्तब्यमार्फत जनप्रतिनिधिको तलव भत्ता नबढेको प्रष्ट पार्नुभएको हो ।

‘राष्ट्रसेवक कर्मचारी, शिक्षक, प्राद्यापक र सुरक्षा निकायका कर्मचारीको तलव बढाइएको हो, अन्य निकायको होइन, जनप्रतिनिधि, अन्य अंगको तलव बढाइएको होइन, त्यो भ्रम नरहोस,’ एवीसी टेलिभिजनले आज आयोजना गरेको बजेटबारे बिषेश कार्यक्रम अर्थमन्त्री खतिवडाले भन्नुभयो । यसअघि सञ्चार माध्यमहरुमा अर्थ मन्त्रालयकै केही अधिकारीहरुले राष्ट्रसेवक कर्मचारीसँगै स्थानीय तह, प्रदेश, संघीय संसददेखि राष्ट्रपतिसम्मको तलव बढेको सूचना दिएका थिए । यस बिषयमा ठुलै भ्रम परेको भन्दै अर्थमन्त्री खतिवडाले तलव जनप्रतिनिधिको नबढाइएको प्रष्ट पार्नुभएको हो ।

‘अन्य निकायको तलव बजेटमार्फत बढाउने होइन, क्याविनेटले छुट्टै निर्णय गर्नुपर्छ, त्यसकारण जनप्रतिनिधिमुलक संस्थाहरुको र सो संस्थामा रहेका बिशिष्ट माहानुभावहरुको तलव बढेको होइन, छैन,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो । अर्थमन्त्री खतिवडाले बजेटमा स्थानीय तह र प्रदेशमैत्री भएको पनि प्रष्ट पार्नुभयो । बजेटको आधार १५ खर्व ३३ अर्वजति भएपनि प्रदेश र स्थानीय तहसम्मलाई दिइएको राजश्वको अधिकारअनुसार बजेटको आकार १७ खर्व २५ अर्वजति पुग्ने बताउनु भयो ।

राष्ट्रसेवक कर्मचारी, शिक्षक, प्राद्यापक र सुरक्षा निकायका कर्मचारीको तलव बढाइएको हो, अन्य निकायको होइन, जनप्रतिनिधि, अन्य अंगको तलव बढाइएको होइन, त्यो भ्रम नरहोस

‘बजेटमा १५ खर्व ३२/३३ अर्व भनेपनि राजश्वको अधिकार लत प्रदेश र स्थानीय तहमा पठाइएको आधारमा मुलुकको बजेटको आकार १७ खर्व २५ अर्व जतिको बन्छ,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो । उहाँले निर्वाचन क्षेत्र पूर्वाधार बिकाश कार्यक्रमका लागि दिइएको ६ करोड सही भएको बताउनु भयो । जनताको बीचमा बसेर बिकाशको छनोट गर्ने काम बजेट निर्माण र कार्यान्वयनसंग जनप्रतिनिधि जोडने कडी भएको खतिवडाले बताउनु भयो ।

 

‘कर्मचारीतन्त्रले बिकाश आयोजना छान्न सक्ने तर जनताबाट निर्वाचित जनप्रतिनिधिले चाँहि तल जनताकै बीचमा बसेर, प्रदेश र राष्ट्रियसभामा निर्वाचित सांसद बसेर छान्ने योजना गलत होइन, जनप्रतिनिधिलाई हामीले कसरी हेर्छौं । हामीले भनेका छौं, अव राजनीतिक मुद्दा सकिए, संघीयता कार्यान्वयन पनि सकिए, अव हाम्रो यात्रा बिकाश र समृद्धिको हो भनेपछि जनप्रतिनिधिलाई बिकाशसँग जोडनै पर्छ, त्यसैको लागि बजेटको ब्यवस्था गरिएको हो,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो ।