जनता टाइम्स

४ मंसिर २०७७, बिहीबार १६:२०

कोरोनाको निःशुल्क उपचार नगरे कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी


काठमाडौं, मंसिर ४

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड उपचारका लागि सूचिकृत अस्पतालहरुले कोरोनाको उपचार निःशुल्क नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

स्वास्थ्य मन्त्रालयले लक्षण वा चिन्ह देखिएका संक्रमितहरुको परीक्षण र उपचार निःशुल्क गर्न सबै कोभिड अस्पतालहरुलाई निर्देशन दिएको छ । निःशुल्क उपचार गरेबापत् अस्पतालहरुले शोधभर्ना पाउने मन्त्रालयले स्पष्ट पारेको छ ।