जनता टाइम्स

५ मंसिर २०७७, शुक्रबार १५:१३

पोखरामा एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु


पोखरा, मंसिर ५

पोखरामा एकैदिन ७ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको मृत्यु भएको छ । कास्कीको पाखरा महानगरपालिकाका ६ जना पुरुष र तनहुँका एकजना पुरुषको मृत्यु भएको हो । पोखरा महानगरपालिका–१७, कास्कीका २९ वर्षीय पुरुषको आज मध्यान्ह् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

निमोनिया भएर अस्पताल गएका उहाँलाई ५ मंसिरमै कोरोना संक्रमण पुष्टि भएको थियो । पोखरा महानगरपालिका–१३, कास्कीका ५५ वर्षीय पुरुषको पनि आज विहान प्रतिष्ठानमा मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्या भएका उहाँलाई निमोनिया भएको थियो र आज नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–८, का ५४ वर्षीय पुरुषको आज गण्डकी मेडिकल केलजमा मृत्यु भएको छ । २७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । मिर्गौलासम्बन्धी रोगबाट पीडित उहाँलाई निमोनिया समेत भएको थियो । पोखरा महानगरपालिका–२७, कास्कीका ७१ वर्षीय पुरुषको बिहीबार राति गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या आउनुका साथै निमोनिया भएका उहाँलाई २९ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । पोखरा महानगरपालिका–९, कास्कीका ६८ वर्षीय पुरुषको बिहीबार राति प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उहाँलाई ४ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–२१, कास्कीका ७५ वर्षीय पुरुषको बिहीबार राति प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उहाँलाई ४ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो । म्याग्दे गाउँपालिका–४, तनहुँका ५१ वर्षीय पुरुषको आज विहान गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उहाँलाई ३ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।