जनता टाइम्स

५ मंसिर २०७७, शुक्रबार १६:२७

काठमाडौं उपत्यकामा ११०७ सहित आज देशभर १९४५ संक्रमित, ५३६४ डिस्चार्ज


काठमाडौं, मंसिर ५

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ। त्यस्तै काठमाडौं उपत्यकामा आज ११०७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा संक्रमितको एक लाख नाघेको छ। काठमाडौं उपत्यकामा हालसम्म एक लाख ८७२ जना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८६३, ललितपुरमा १७४ र भक्तपुरमा ७१ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै काठमाडौंमा ८१ हजार ५८८, ललितपुरमा ११ हजार ९४८ र भक्तपुरमा ७ हजार ३३६ जना संक्रमित भएका छन्। जसमध्ये काठमाडौंमा ३१६, ललितपुरमा ८९ र भक्तपुरमा ८३ संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा ७१ हजार ५९१, ललितपुरमा ९ हजार ६३१ र भक्तपुरमा ६ हजार ४७० जना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ। आज देशभर २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमित छन्।

आज देशभर २२ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २ सय ९८ जना संक्रमितको मृत्यु भइसकेको छ।यसअघि बिहिबार १७ जनाको मृत्यु भएको थियो। आज १० हजार ३ सय ४० जना शंकास्पद व्यक्तिको पिसिआर परीक्षण भएको थियो । हालसम्म नेपालमा १६ लाख ४३ हजार ८ सय ९९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ७५३ जना क्वारेन्टाइनमा छन् ।