जनता टाइम्स

६ मंसिर २०७७, शनिबार १६:३३

८१ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा १६७४ लाई कोरोना संक्रमण पुष्टि, २३२३ जना कोरोनामुक्त


कामठाडौं, मंसिर ६

पछिल्लो २४ घण्टामा देशभर १ हजार ६७४ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६७४ लाई कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार देशभर थपिएका संक्रमितमध्ये ८९९ काठमाडौं उपत्यकाका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये १ लाख ९३ हजार ३२५ जना निको भएका छन् ।

२४ घण्टामा २ हजार ३२३ जनाले कोरोना संक्रमणपछि स्वास्थ्यलाभ गरेका छन् । यस्तै ७ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ३०५ पुगेको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको रहेको छ । होम आइसोलेशनमा १७ हजार २०६ जना रहेका छन् भने आई.सि.यु मा ३३६ जना रहेका छन् । देशभर आज भेन्टीलेटरमा ४७ जना रहेका छन् । देशको विभिन्न क्वारेन्टाइनमा ७५७ व्यक्ति रहेका छन् ।