जनता टाइम्स

६ मंसिर २०७७, शनिबार १७:२०

चर्चित कलाकार भारती सिंहदम्पति नै पक्राउ, यस्तो छ कारण


काठमाडौं, मंसिर ६

हास्य कलाकार भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियाको मुम्बई स्थित घरमा भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मारेको छ । एजेन्सीद्वारा अन्धेरी, लोखन्डवाला र वर्सोवा क्षेत्रसहित तीन अलग–अलग स्थानमा छापा मारेको हो। उनीहरुको घरबाट केही मात्रामा शंकास्पद औषधि पनि बरामद गरेको छ।

एनसीबीका जोनल डायरेक्टर समीर वानखेड़ेका अनुसार भारती र हर्ष दुबैलाई एनसीबीले मादक पदार्थको सेवनबारे सोधपुछ गर्न जोनल कार्यालय हिरासतमा लगिएको छ ।

यस मुद्दामा एनसिबीले यसअघि कलाकार अर्जुन रामपाल र फिल्म निर्माता फिरोज नाडियावालको घरमा पनि छापा मारेको थियो। लागुऔषध दुरूपयोग गरेको आरोपमा राजपुतकी पूर्व प्रेमिका रिया चक्रवर्तिलाई एनसिबीले ९ सेप्टेम्बरमा पक्राउ गरेको थियो।