अर्थसमाचार

बिस्तारै औद्योगिक क्षेत्र फस्टाउँदै गएको उद्योगमन्त्री भट्टको भनाई

  •  
  •  
  •  
  •  

कैलाली, मंसिर ६

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण प्रभावित औद्योगिक क्षेत्रको विकास विस्तारै फस्टाउँदै जाने बताउनुभएको छ । कैलालीको टीकापुरमा रहेको खाद्य गोदामको आज अवलोकन गर्दै उहाँले औद्योगिक क्षेत्रको विकासमा सरकारले उच्च प्राथमिता दिएको जानकारी दिनुभयो ।

उहाँले टीकापुरमा मैदा कम्पनी र बर्दियाको राजापुरमा चिउरा मिल सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । “लम्की, टीकापुर, नारायणपुर, खक्रौलासँगै हुलाकी सडक जोडिएकाले यहाँको उद्योग व्यापार फस्टाउने छ । यसमा पनि यस क्षेत्रमा सार्वजनिक जग्गाको पनि कमी छैन, “मन्त्री भट्टले भन्नुभयो, “सडक सञ्जाल अव्यवस्थित भएकाले व्यवस्थित गर्न जरुरी छ । सडक व्यवस्थित भए टीकापुर क्षेत्रको सम्भावना धेरै छ ।” कार्यक्रममा टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा फ्लोर मिल र औद्योगिक क्षेत्र सञ्चालन गर्न आग्रह गर्नुभयो ।

Comment here