काठमाडौं, मंसिर ७
बितेको २४ घण्टामा देशभर १ हजार ६६९ जनामा कोरोनाभाइरस संंक्रमण पुष्टि भएको छ । जसमा महिला ६५५ र पुरुष १ हजार १४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार आइतवार ५ हजार बढि संक्रमित निको भएका छन् । उहाका अनुसार ५ हजार ६९९ जना संक्रमित निको भएर घर फर्किनु भएको छ ।
योसँगै झण्डै २ लाख संक्रमित निको भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने निको हुनेको संख्या १ लाख ९९ हजार २४ जना रहँदा सक्रिय संक्रमित २० हजार १६६ जना रहेका छन् ।
आइतवार थप १६ जनाको मृत्यु भएको समेत जानकारी दिनुभयो । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको छ ।













प्रतिक्रिया दिनुहोस्