जनता टाइम्स

८ मंसिर २०७७, सोमबार २०:४४

कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले नै खोलिदिए ओली–देउवा भेटबारे रचिएको ‘फेक न्यूज’को पोल


काठमाडौं, कात्तिक ८ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फेक न्यूज उत्पादन गर्ने कारखानाका मालिकहरुलाई झडका दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी सभापति शेरबहादुर देउवाबीच भएको भेटबार्ताको बिषयलाई लिएर मुलधारका मिडियाहरुले नै कसैको इसारामा फेक न्यूज बनाएको तथ्य कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले खोलिदिनु भएको हो ।

बिगत लामो समयदेखि फेक न्यूजमार्फत जनतालाई भ्रममा पार्न उद्धत समुहले केही दिनअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भएको बार्तालाई लिएर मन्त्रालय नै भागबण्डा भएको भन्दे अत्यन्तै काल्पनिक कथा रचेको थियो । भारतीय खुफिया एजेन्सीका मानिसमार्फत रचिएको सो कथालाई नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस नेता गगन थापा र अमरेशकुमार सिंहहरु निकट रहेका मिडियाहरुले प्राथमिकताका साथ प्रकाशन गरेका थिए । कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीसँग भएको भेटको बिषयमा ती मिडियाले दिएको समाचार काल्पनिक कथा मात्रै भएको तथ्य खोल्नुभयो । प्रवक्ता शर्माले प्रधानमन्त्री ओली र सभापति देउवाबीचको बार्तामा सत्ता साझेदारीको बिषय उठदा पनि नउठेको प्रष्ट पार्नुभयो ।

शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा घटौं भेटवार्ता भएको थियो । सोही बार्तालाई लिएर लैनचौर खुमलटार निकट मिडियाले मन्त्रालय नै भागबण्डाको प्रस्ताव आएको भन्दै फेक न्यूज बनाएका थिए । सोही आधारमा कांग्रेस र नेकपाका युवा नेता तथा बुद्धिजीवि भन्नेहरु समेत सामाजिक सञ्जालमा अफवाह फैलाउन लागिपरेका थिए । न्यूज एजेन्सी नेपालसँग आज कुराकानी गर्दै प्रवक्ता शर्माले सत्ता साझेदारीबारे कुराकानी भएको भन्ने कुरा काल्पनिक कथा मात्रै भएको प्रष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सत्तामा सहभागी गराउने ‘अफर’ कांग्रेसलाई गरेको भन्ने कुरा सरासर गलत रहेको उहाँको भनाई छ । ‘प्रधानमन्त्रीले सत्ता साझेदारीको अफर गर्नुभएको छैन, यसमा कोही भ्रममा नपरुन,’ प्रवक्ता शर्माले भन्नुभएको छ । उहाँले संसदीय प्रणालीमा प्रधानमन्त्री र बिपक्षी दलको नेताबीच भेटबार्ता भइरहने सामान्य मान्यतालाई समत स्मरण गराउनु भयो । ‘सामान्यतया संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलको नेताको बीचमा भेटघाट हुनका लागि यो विषयवस्तु र त्यो विषयवस्तु भनेर सूचीका साथ हुनुपर्छ भन्ने कुरा उचित जस्तो लाग्दैन, लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउने हो भने निरन्तर भेटघाट र संवाद हुनु राम्रो कुरा हो,’ शर्माले भन्नुभयो ।

यो पनि पढनोस

कहाँ छ राष्ट्रपति-प्रधानमन्त्रीविरुद्ध उत्पादन हुने ‘फेक न्युज’ को कारखाना ?