जनता टाइम्स

१८ जेष्ठ २०७६, शनिबार १९:०३

प्रधानमन्त्री ओलीले थाम्न सकेनन रवीन्द्र अधिकारी गुमाउँदाको पीडा, रसाए दुवै आँखा


पोखरा, १८ जेठ

‘आँखामा हाले पनि नबिझाउने लालगेडी जस्ता थिए रवीन्द्र अधिकारी ।’ शनिवार पोखरामा आयोजना गरिएको एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदका एकजना सदस्य रहेका स्व. रवीन्द्र अधिकारीलाई यसरी सम्झनुभयो । पोखरा सभागृहमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको उद्घाटन गरेपछि विशाल सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वर्गीय अधिकारीको बारेमा थप जानकारी गराउनु भयो, ‘मैले रवीन्द्रलाई २०३९ सालमा चिनेदेखि जतिपल्ट भेटें, नमुस्कुराएको चेहरा कहिल्यै देखिन । जस्तै समस्या आए पनि हँसिलो मुहार रवीन्द्रको पहिचान थियो ।’

मञ्चको दाँयाबाँया रवीन्द्रका हसिला तस्विर टाँगिएका थिए । ओलीको मन्त्रिमण्डलमा पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री रहेका अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो । रवीन्द्र अधिकारबारे प्रधानमन्त्रीले भावुक हुँदै भन्नुभयो “रवीन्द्रले जीउँदो हुन्जेल कसैका आँखामा आँसु आउन दिएनन । मरेपछि कसैका आँखा पनि आँसु बिनाका भएनन ।’

चिनेको ३५ बर्षपछि आफ्नै मन्त्रिपरिषदको सदस्य भएर काम गर्दा रवीन्द्रसँग झन धेरै सामिप्य भएको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो । ‘जतिसुकै संकट पर्दा पनि प्रसन्न चित्तको मान्छे,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘मेरो मन्त्रिपरिषदमा पोखराले अत्यन्तै सक्षम व्यक्ति दिएको थियो ।’ रवीन्द्रले छोटो समयमा लामा पदचाप छोडेर गएको प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘रवीन्द्रको यात्रा छोटो भयो तर लामो पदचाप छोडेर जानुभयो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उहाँले छोडेका पदचाप हामीले पछ्याउनु पर्दछ ।’

वाइडबडीमा रवीन्द्र निर्दोष

प्रधानमन्त्री ओलीले रवीन्द्र मन्त्री हुनुभन्दा अगावैको वाइडबडीको बिषय झिकेर रवीन्द्रलाई बदनाम गर्न खोजिएको प्रष्ट पार्नुभयो ।

‘मैले एउटा प्रसंगमा बोल्दा भने वाइडबडी काण्डमा रवीन्द्र अधिकारी मन्त्री हुनुभन्दा अगाडिका कुराहरुको प्रसंग ल्याएर उहाँको नाम बदनाम गर्न कोशिश भयो र मैले भने उहाँ त्यस मामिलामा निर्दोष हुनुहुन्छ । एकथरी अत्यन्त छुद्र मतिका मान्छेहरुलाई सारै पोलेछ,’ रवीन्द्र अधिकारी र वाइडबडीका बिषयमा प्रधानमन्त्रीले भन्नुभयो, ‘उहाँ निर्दोष । वास्तवमा निर्दोष हुनुहुन्छ । मैले त्यही कुरा भने । कुनै सम्बन्धै छैन । केही भुईंफुट्टा तत्वहरु, केही भूंइफुट्टा संस्थाहरु प्रधानमन्त्रीले यसरी कुनै अदालतले फैसला नगरिकन निर्दोष छ भन्न पाइन्छ भन्न थाले । अदालतले फैसला नगरिकन चाँही दोषी छ भन्न पाइन्छ त ?’

प्रधानमन्त्री ओलीले अधिकारीलाई बदनाम गर्नेहरुलाई कडा चुनौती पनि दिनुभयो । ‘म तिनीहरुलाई भन्न चाहन्छु, आरोप लगाउन पाइने । संलग्न नै नभएका कुरामा निर्दोष छ भन्न नपाइने ? ति भुईंफुट्टा संस्थारुहरुले नेकपाका पदाधिकारीलाई जोगाउन प्रधानमन्त्रीले निर्दोष छ भन्नुभयो भने । को हुन ती न्यायाधीशहरु ? त्यही भूईंफुट्टाहरुले मिलेर तथाकथित संस्था गठन गरे, अनि तेसो भन्न पाइन्छ ? निर्दोष भन्न पाइन्छ भन्ने ? निर्दोषलाई निर्दोषलाई निर्दोष भन्न किन पाइदैन ?’ ओलीले भन्नुभयो ।

उहाँले अधिकारी जस्ता सच्चा सिपाही पार्टीले पाउन नसक्ने पनि प्रष्ट पार्नुभयो । ‘रवीन्द्र अधिकारी एउटा स्वच्छ आचरण भएको,स्वच्छ छवि भएको कर्मठ क्रियाशिल व्यक्ति हो । पहिले नेकपा एमालेको नेता कार्यकर्ता पछि नेकपाको नेता कार्यकर्ता । वहाँ अनुशासित,इमान्दार पार्टी कार्यकर्ता हो । पार्टीको नेतृत्वका विरुद्ध, निर्णयका विरुद्ध जथाभावी बोलेर आफ्नो बहादुरी हुन्छ भन्ने भ्रम नपाल्ने कार्यकर्ता हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । अधिकारीको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठान सञ्चालनका लागि सरकारले १ करोड रुपैंया उपलब्ध गराउने घोषणा पनि प्रधानमन्त्री ओलीले गर्नुभयो ।

मेरो मन्त्रिपरिषदमा पोखराले अत्यन्तै सक्षम व्यक्ति दिएको थियो ।’ रवीन्द्रले छोटो समयमा लामा पदचाप छोडेर गएको प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘रवीन्द्रको यात्रा छोटो भयो तर लामो पदचाप छोडेर जानुभयो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उहाँले छोडेका पदचाप हामीले पछ्याउनु पर्दछ