जनता टाइम्स

११ मंसिर २०७७, बिहीबार १५:४०

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप २ कोरोना संक्रमितको मृत्यु


काठमाडौं, मंसिर ११ 

लुम्बिनी प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल उपमहानगरपलीका–९ रुपन्देही निवासी ८५ वर्षीया महिला र पाणिनी गाउँपालिका–५ अर्घाखाँची निवासी ७५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।

८५ वर्षीया महिलाको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ। उहाँको कात्तिक १४ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। ज्वरो निमोनिया र श्वासप्रशवासमा समस्या देखिएपछि उहाँलाई कात्तिक २८ गते अस्पतालमा भर्ना गरिएको थियो भने उहाँ मधुमेहको बिरामी पनि हुनुहुन्थ्यो ।

त्यस्तै अर्घाखाँचीका ७५ वर्षीया पुरुषको पनि आजै उपचारका क्रममा मृत्यु भएको हो। उहाँको मंसिर ४ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । ज्वरो निमोनिया र श्वासप्रश्वासमा समस्या भई मंसिर ४ गते अस्पतालमा भर्ना हुनुभएको उहाँमा मुटु रोगको समस्या रहेको थियो ।