जनता टाइम्स

१२ मंसिर २०७७, शुक्रबार १२:०४

नेकपाका नेता रघुजी पन्त अस्पताल भर्ना


काठमाडौं, मंसिर १२ । सत्तारुढ नृपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना हुनुभएको छ । पेटसम्बन्धी समस्याका कारण नेता पन्त काठमाडौं मोडल अस्पताल भर्ना हुनुभएको हो ।

नेता सदस्य पन्त बिहीबार अस्पताल भर्ना हुनुभएको परिवारले जनाएको छ । पन्तको अवस्था सामान्य रहेको र एकसाता अस्पतालमै आराम गर्न चिकित्सकले सुझाव दिएका छन ।