जनता टाइम्स

१७ मंसिर २०७७, बुधबार १२:३५

आउ वरमा आशिफ र वर्षाको अभिनय (भिडियोसहित)


काठमाडौं, मंसिर १७

सुमित पाठक र मीना निरौलाको नयाँ गीत ‘आउ वर..’ मा आशिफ र वर्षाको अभिनय रहेको भिडियो सार्वजनिक भएको छ । शब्द रचना र संगीत पाठकको नै रहेको उक्त बोलको गीतमा सुमित र मीनाले स्वर भरेका छन् । उदयराज पौडेलले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोमा आशिफ शाह र वर्षा राउतको राम्रो अभिनय देख्न सकिन्छ । हरि हुमागाईंले खिचेको भिडियो सम्पादन गम्भीर राजकर्णिकारले गरेका हुन् भने भिडियो निर्देशन अशिम शाहले गरेका हुन् ।