जनता टाइम्स

१८ मंसिर २०७७, बिहीबार १६:२१

देशभर १५७६६ संक्रिय संक्रमित, १३४३ मा संक्रमण, २१११ लाई स्वास्थ्यलाभ


काठमाडौं, मंसिर १८

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३४३ लाई कोरोना पोजेटिभ देखिएको हो ।

‌यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख २० हजार २७२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ९ हजार २ सय ८९जनाको पिसिआर परीक्षण भएको छ।

यस्तै १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ५५१ पुगेको छ । सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।