जनता टाइम्स

१९ मंसिर २०७७, शुक्रबार १५:०९

पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु


कास्की, मंसिर १९

चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–८ की ६६ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।

डा. शर्माका अनुसार उहाँमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १६३ पुगेको छ ।