काठमाडौं, मंसिर १९
पछिल्लो २४ घण्टामा देशभर १ हजार २७२ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५७५ जना संक्रमणमुक्त भएका छन्।
योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ। आज देशभर १५ हजार ४४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ६७ जना संक्रमितको मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्