जनता टाइम्स

२१ मंसिर २०७७, आईतवार ०५:११

इटहरीमा सुविधा सम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न बन्यो समिति


इटहरी, मंसिर २१ । इटहरीमा पाँचसय शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ । इटहरी उपमहानगरद्धारा आयोजित सरोकारवाला सवै पक्ष उपस्थित वैठकले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजी गर्न समिति निर्माण गरेको हो ।

समितिका सदस्यहरुमा उपमेयर लक्ष्मी गौतम,याम सुब्बा,इश्वर भटटराई,हेमकर्ण पौडेल,रोहित प्रसाँई,हेम घिमिरे,भीम पौडेल, धु्रव सुब्बा, मेदनी सिटौला र वजरंग अग्रवाल हुनुहुन्छ । श्री कृष्ण प्रणामी मन्दिर प्रतिष्ठान नेपालद्धारा प्रस्तावित पाँच सय शैय्याको अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति वनाइएको हो । जग्गा खोजी समितिलाई आवश्यक सल्लाह सुझाव र परामर्शका लागि सल्लाहकार समिति पनि गठन गरिएको छ ।

सल्लाहकार समितिमा संघीय सांसद सिताराम मेहता, प्रदेश नम्वर १ की उपसभामुख सरस्वती पोख्रेल र प्रदेश सांसदहरु सर्वध्वज साँवा, लिलम वस्नेत हुनुहुन्छ । कार्यक्रममा हस्पिटल सम्भाब्यता अध्यन समितिका संयोजक हेम घिमिरेले वैठकमा हस्पिटलको अवधारणा पेश गर्नुभएको यो ।