जनता टाइम्स

२१ मंसिर २०७७, आईतवार २१:२०

फेरी बिवाह गर्न लागेको मनोज गजुरेलले स्विकारे


काठमाडौं, मंसिर २१

कलाकार मनोज गजुरेलले पुनः विवाह गर्न लागेको स्विकार गर्नुभएको छ । एक टेलिभिजन कार्यक्रममा दिएको अन्तरवार्तामा उहाले आफुले चाडै नै विवाह गर्न लागेको जानकारी गराउनु भएको हो ।

केही समय अघि श्रीमती मिना ढकालसँग गजुरेलको डिभोर्स भएको थियो । यद्यपी गजुरेलले को सँग विवाह गर्न लागेको भनेर खुलाउनु भएको छैन । अन्तरवार्तामा उहाले भन्नुभएको छ, ‘चाडै नै तपाईहरुको सुभकामना, सुझाव सल्लाहअनुसार मैले मेरो जिवनमा कोही साथी जोड्दै छु अथावा हामी जोडिदै छौं । अहिलेलाई मैले यति मात्र भने ।’