जनता टाइम्स

२५ मंसिर २०७७, बिहीबार १५:४४

पोखरामा थप ४ जना कोरोना संक्रमितको मृत्यु, गण्डकी प्रदेशमा मृतक संख्या १८० पुग्यो


काठमाडौं, मंसिर २५

उपचारका क्रममा कास्कीमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो र आज दुई दिनमा थप ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । कास्कीको पोखरा महानगरपालिका-१० का ८१ वर्षीय पुरुषको आज विहान मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो भने तनहुँको शुक्लागण्डकी नगरपालिका-८ का ७४ वर्षीय कोरोना संक्रमित पुरुषको आज नै चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ ।

अन्य दुईजनाको भने बुधबार उपचारका क्रममा पोखरामै मृत्यु भएको हो । पोखरा महानगरपालिका–१३ का ५१ वर्षीय पुरुषको हिजो विहान फिस्टेल अस्पताल र वडानम्बर–७ का ६५ वर्षीय पुरुषको हिजो साँझ मृत्यु भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।