काठमाडौं, मंसिर २५
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २१७ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १ हजार ६६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
पछिल्लो २४ घण्टामा ७ हजार २ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख १३ हजार २ सय ४ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ३ सय ८६ जना सक्रिय संक्रमित छन्। आज १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ।













प्रतिक्रिया दिनुहोस्