जनता टाइम्स

२७ मंसिर २०७७, शनिबार १६:२२

आज देशभर थप ८९९ जनामा संक्रमण पुष्टि, ११६७३ संक्रिय संक्रमित


काठमाडौं, मंसिर २७

पछिल्लो २४ घण्टामा देशभर ८९९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म १८ लाख २५ हजार ८६० जनाको पिसिआर परीक्षण भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । यसैगरी गत २४ घण्टामा १ हजार ३५९ संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ ।

मन्त्रालयका अनुसार आज १५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। योसहित कोरोना संक्रमित मृतकको संख्या १ हजार ६८९ पुगेको छ । हाल क्वारेन्टाइनमा ५१९ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ११ हजार ६७३ जना सक्रिय संक्रमित छन्।