जनता टाइम्स

२८ मंसिर २०७७, आईतवार ०८:४२

क्लाइमेट समिटमा प्रधानमन्त्री ओली : सफा र हरियाली पृथ्वीको हाम्रो आकांक्षालाई सक्दैनौं


काठमाडौं, मंसिर २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्रको पर्यावरण सन्तुलन कायम राख्न हिमालय क्षेत्रको महत्वलाई चिन्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । साथै, हिमालय जोगाउन विश्व तापमान नियन्त्रण गर्नसमेत उहाले आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले क्लाइमेट एक्स समिट–२०२० लाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । चिलीको नेतृत्वमा फ्रान्स, इटली, बेलायत र संयुक्त राष्ट्रसंघले संयुक्त रुपमा सो सम्मेलन आयोजना गरेका हुन् । प्रधानमन्त्री ओलीले भन्नुभयो , ‘कोभिड–१९ को कारणले हामीले कोप–२६ पछि सार्नु परेको छ तर सफा र हरियाली पृथ्वीको हाम्रो आकांक्षालाई हामी सार्न सक्दैनौं ।’

ओलीले नेपालले पेरिस सम्झौतालाई पूर्णरुपमा समर्थन गर्ने र तापमान वृद्धिलाई १।५ डिग्री राख्ने लक्ष्यलाई समर्थन गर्ने बताउनुभयो । उहाले सन् २०३० दित्र सबै स्थानीय सरकारमा जलवायु अनुकूलनका कार्यक्रम संचालन गरिने समेत बताउनुभयो ।