जनता टाइम्स

२९ मंसिर २०७७, सोमबार ११:५९

सरोज हुसेनको मित्रता सम्बन्धलाई सामाजिक सन्देश दिने ‘मनले खोज्छ’ बजारमा (भिडियोसहित)


काठमाडौं, मंसिर २९

गायक तथा संगीतकार सरोज हुसेनको ‘मनले खोज्छ’ बोलको गीत बुढासुब्बा म्युजिक कम्पनीमार्फत सार्वजनिक भएको छ । निराजन चौधरीको शब्द र अन्जन श्रेष्ठको संगीत रहेको उक्त गीतमा सरोज आफैले आवाज दिनुभएको छ । गीतको भिडियोमा अस्मिता बुढाथोकि र राधा मोहन जैसवालको अभिनय रहेको छ ।

३ वटा गीतको अभिनय मार्फत चर्चामा आउनुभएकी अस्मीता बूढाथोकी र यसअघि एउटै गीतमा अभिनय गरि चर्चा कमाउन सफल राधा मोहन जैसवालको अभिनयले गीतको भावलाई थप उजागर गरेको देखिन्छ । श्रेष्ठको एरेन्जमेन्ट रहेको उक्त गीतमा श्रेष्ठकै मिक्सिङ रहेको छ । सियोन श्रेष्ठको निर्देशन रहेको उक्त गीतमा प्रकास खड्काले छायांकन गर्नुभएको हो ।

गीतको प्रोडक्सन एस आर ग्रुप नेपालले गरेको छ भने गीतको दृश्य सम्पादन साथै पोस्ट प्रोडक्सन र सहायक निर्देशन केपी देवकोटाले गर्नुभएको छ । यसअघि भोजपुरी तथा मैथली भाषाका ५ वटा गीत सार्वजनिक गरिसक्नुभएका हुसेनले पहिलो पटक नेपाली भाषामा गीत सार्वजनिक गर्नुभएको हो । चलचित्र भावमा तयार भएको गीतमा मित्रताको सम्बन्धलाई सामाजिक सन्देश दिन खोजेको संगीत पारखी गायक हुसेनले बताउनुभयो ।