जनता टाइम्स

२९ मंसिर २०७७, सोमबार १६:०९

आज नेपालमा थपिए ८२१ संक्रमित, १८ जनाको मृत्यु


काठमाडौं, मंसिर २९

पछिल्लो २४ घण्टामा नेपालमा ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। आज थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

नेपालमा हालसम्म १८ लाख ३६ हजार ४६४ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४७१ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १० हजार ९५५ जना सक्रिय संक्रमित छन्। आज ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ।