जनता टाइम्स

१९ जेष्ठ २०७६, आईतवार १९:१८

धोबीघाटमा डरलाग्दो दुर्घटना, पत्रकार शर्मासहित दुई जनाको मृत्यु


ललितपुर, जेठ १९

ललितपुर महानगरपालिका–३ धोबीघाटस्थित नयाँ बाटो रिङरोडमा स्कोरपियो, पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

एकान्तकुनाबाट बल्खुतर्फ आउँदै गरेको बा १६ च ४७४३ स्कोरपियो गाडीले बल्खुबाट एकान्तकुनातर्फ जाँदै गरेको बा ११ च ८९४९ बोलेरो गाडी, बा १२ च ५७७६ नम्बरको महेन्द्रा पिकअप भ्यान र बा ४३ प ९८६३ नम्बरको पल्सर मोटरसाइकललाई आइतबार अपरान्ह ठक्कर दिँदा दुईको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक र सवार यात्रुलाई उपचारका लागि नर्भिक अस्पताल लगे पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

महानगरिय प्रहरी परिसर ललितपुर प्रहरीका डिएसपी नारायण चिमोरियाले अस्पताल पुर्याएलगत्तै मृत घोषणा गरिएको जानकारी दिनुभयो ।दुर्घटनामा परी नुवाकोट घर भई काठमाडौं कलंकी बस्दै आएका मोटरसाइकल चालक २८ वर्षीय चन्द्रमणि मुडवडी र मोटरसाइकलको पछाडि बसेका ललितपुर गोदावरीका ४० वर्षीय गोविन्द शर्माको मृत्यु भएको हो । शर्मा तात्कालिन प्रेस सेन्टर नेपालका काठमाडौं अध्यक्ष हुन । ठक्कर दिने सवारी चालकलाई नियन्त्रणमा राखिएको डिएरपी चिमोरियाले बताउनु भयो ।