काठमाडौं, पुस १
नेपाल टेलिकमको पोस्टपेड फोनको बिलिङमा समस्या देखिएको छ । यसका कारण हिजोरातिदेखि हजारौं पोस्टपेड फोनहरुमा ‘आउट गोइङ कल’ ब्यारियर (वान वे) भएको छ । करिब १२ घण्टाभन्दा बढी समय फोनमा समस्या आएपछि टेलिकमका धेरै पोस्टपेड प्रयोगकर्ता पीडित भएका छन् ।
नेपाल टेलिकमका एक वरिष्ठ इन्जिनियरका अनुसार हरेक महिनाको १५ तारिकमा पोस्टपेडको बिलिङ हुन्छ । त्यही क्रममा प्रणालीमा आएको समस्याका कारण ब्यालेन्स भएपनि कतिपय फोन ‘वान वे’ भएका छन् । समस्या समाधानका लागि काम भइरहेको टेलिकमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्