पोखरा, पुस १
कास्कीको पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका–१२ र पोखरा–१ का एक÷एकजना पुरुषको मृत्यु भएको हो । पोखरा–१२ का ८४ वर्षीय वृद्धको उपचारको क्रममा आज विहान मृत्यु भएको उहाँले बताउनुभयो ।
उहाँमा मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।यस्तै पोखरा–१ का ७६ वर्षीय पुरुषको हिजो राति नै मृत्यु भएको उहाँले बताउनुभयो । उहाँमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । डा. शर्माका अनुसार उहाँ मधुमेहका साथै मिर्गौलासम्बन्धी रोगबाट समेत पीडित हुनुहुन्थ्यो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ ।












प्रतिक्रिया दिनुहोस्