काठमाडौं, पुस १
पछिल्लो २४ घण्टामा नेपालमा ७३६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। बुधबार थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
काठमाडौं १६३ महिला र २२८ पुरुष गरी ३९१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १६ हजार ९४२ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४ , ललितपुरमा ७७ र भक्तपुरमा २० जनालाई कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ५५५५ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पिसिआर परीक्षण भएको छ।
हाल क्वारेन्टाइनमा ४५२ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ७५७ जना सक्रिय संक्रमित छन्। आज ८४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ। देशभर हाल ३ सय ४८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ८९ जना आइसियु र ५९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा ३७ आइसियु र ७ भेन्टिलेटरमा, प्रदेश २ मा ११ आइसियु र २ भेन्टिलेटरमा बागमती प्रदेशमा १ सय ४ आइसियु र २५ भेन्टिलेटरमा, गण्डकीमा ८२ आइसियु र १३ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४३ आइसियु र ६ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेशमा ६ जना आइसियु र ४ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ६ आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्