जनता टाइम्स

२ पुष २०७७, बिहीबार १३:५८

फाइजरको खोप लगाएपछि २ स्वास्थ्यकर्मीलाई गम्भिर एलर्जी


न्यूयोर्क, पुस २

फाइजरको कोरोना खोप लगाएपछि अमेरिकाका २ स्वास्थ्यकर्मीलाई गम्भिर किसिमको एलर्जीको समस्या देखिएको छ । मंगलबार कोरोनाको खोप लगाउने बित्तिकै अलास्काका २ स्वास्थ्यकर्मीलाई एलर्जी भएको थियो भने उनीहरुलाई खोप लगाएको एक मिनेट बित्न नपाउँदै एलर्जी देखिएको थियो ।

आकस्मिक विभाग जुनेउका निर्देशक लिन्डे जोसले ति स्वास्थ्यकर्मीहरुलाई यसअघि एलर्जीको समस्या नरहेको जानकारी दिनुभयो । खोप लगाएपछि एलर्जीको रियाक्सन देखिएका स्वास्थ्यकर्मीहरु अस्पतालमा चिकित्सकहरुको निगरानीमा रहेका छन् । बेलायतमा पनि गतहप्ता खोप लगाएपछि २ जनालाई एलर्जीको रियाक्सन देखिएको थियो ।

उक्त एलर्जी र अहिले अलास्काका स्वास्थ्यकर्मीलाई देखिएको एलर्जी उस्तै प्रकृतिको रहेको जनाइएको छ । बेलायतमा खोप लगाएपछि २ जनालाई एलर्जीको समस्या देखिएपछि एलर्जीको समस्या रहेका व्यक्तिहरुलाई खोप नलागउन सुझाइएको थियो । रोयटर्स