जनता टाइम्स

३ पुष २०७७, शुक्रबार ०७:५०

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी


काठमाडौं,  ३ पुस । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३९२ गोल अन्तरले पराजित गरेको हो । जितसँगै म्यानचेस्टर युनाइटेडले चौथो स्थानमा रहेको लेस्टर सिटीसँग अंक दूरी छोट्याएको छ ।

अंक तालिकामा लेस्टर सिटीको १३ खेलबाट २४ अंक छ भने म्यानचेस्टर युनाइटेड १२ खेलमा २३ अंकका साथ छैठौं स्थानमा छ । सेफिल्ड युनाइटेड भने पुछारमा रहेको छ। यस्तै, प्रिमियर लिगकै अर्को खेलमा एस्टोन भिल्ला र बर्नलीले बराबरी खेलेका छन् । दुवै टिमले गोलरहित बराबरी खेलेका छन् ।