जनता टाइम्स

३ पुष २०७७, शुक्रबार १३:१३

‘चाकानचुकुन’ मा नाजिर हुसेन र लक्ष्मी बर्देवा (भिडियोसहित)


काठमाडौं, पुस ३

‘चाकानचुकुन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा बाबुल गिरी र नित्याशिवाले स्वर दिनुभएको छ । शंकर अधिकारीको शब्द रहेको गीतमा संगीत तथा एरेञ्ज स्वयंम गायक गिरीकै रहेको छ । गितको भिडियोमा अभिनेता नाजिर हुसेन, लक्ष्मी बर्देवा, सुनिल थापा र पवन (म्याकुरी) लाई प्रमुख भुमिकामा देख्न सकिन्छ ।

गीतको भिडियोलाई सुरेन्द्र मल्लले निर्देशन गरेका छन् भने नृत्य निर्देशन सियोन श्रेष्ठको रहेको छ । सरोज भुजेलले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गर्नुभएको हो ।