जनता टाइम्स

३ पुष २०७७, शुक्रबार १४:३८

चर्चित गायिका नेहा बिहे गरेको छोटो समयमा नै गर्भवती


काठमाडौं, पुस ३

बलिउडकी चर्चित गायिका नेहा कक्कर गर्भवती भएको खबर सार्वजनिक भएको छ । करिब दुई महिनाअघि अक्टोबर २४ मा विवाह गर्नुभएको उहाँले इन्स्टाग्राममा आफ्नो बेबी बम्प देखाउँदै आफू गर्भवती भएको जानकारी दिनुभएको हो ।

नेहाको यो पोस्टमा थुप्रैले बधाई तथा शुभकामना दिएका छन् । नेहाका श्रीमान् रोहनप्रितले नेहाको फोटोमा कमेन्ट गर्दै लेख्नुभएको छ, ‘अब त अझै बढी ख्याल राख्नुपर्नेछ नेहु ।’