काठमाडौं, पुस ४
पछिल्लो २४ घण्टामा देशभर ७१० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७८० जनाको पीसीआर परीक्षण हुँदा ७१०जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । हाल नेपालमा ८ हजार ८४० सक्रिय कोरोना संक्रमित रहेका छन् ।
यसैगरी २४ घण्टामा १ हजार १७५ संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित कोरोना संक्रमित मृतकको संख्या १ हजार ७७७ पुगेको छ ।













प्रतिक्रिया दिनुहोस्