जनता टाइम्स

५ पुष २०७७, आईतवार ०७:०९

ला लिगा :शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडद्वारा तीन अंकको अग्रता कायम


काठमाडौं, पुस ५  । स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिडले तीन अंकको अग्रता कायम गरेको छ । इल्चलाई ३१ गोलले हराएसँगै शीर्ष स्थानमा रहेको मड्रिडले २९ अंक बनाएको हो । एट्लेटिको मड्रिडभन्दा २ खेल बढी खेलेको रियल सोसिडाडको २६ अंक रहेको छ ।

घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन लुइस स्वारेजले २ र डिएगो कोस्टाले एक गोल गरेका थिए । यस्तै इल्चका लागि लुकास बोयले एक गोल गरेका हुन् ।