जनता टाइम्स

५ पुष २०७७, आईतवार १३:४१

स्पेनिस ला लिगा फुटबल : रियल र इबरबीच प्रतिस्पर्धा


काठमाडौं, पुस ५

स्पेनिस ला लिगा फुटबलमा आज रियल मड्रिड र इबरबीच प्रतिस्पर्धा हुन लागेको हो । इबरको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार राति १ः४५ मा सुरु हुनेछ । दुवै टोली जितका साथ अगाडि बढ्न चाहन्छन् । आजको खेलमा जित निकाल्दै रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ ।

लिगमा १३ खेल खेलेको रियल २६ अंकसाथ तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट इबर १५ अंकसहित १३औें स्थानमा छ । आजको खेल जिते इबर तालिकाको नवौं स्थनमा उक्लनेछ ।