जनता टाइम्स

११ पुष २०७७, शनिबार १७:५९

संबिधानसभा र गणतन्त्र रोक्न माधव नेपालले गरेका थिए यति गम्भीर अपराध


काठमाडौं, पुस ११ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बिभाजन आएपछि बरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई संघीयता र गणतन्त्रबिरोधी भन्दै सडकमा कुर्लिरहनु भएको छ । तात्कालिन नेकपा एमालेको १५ बर्षसम्म नेतृत्व गर्दा बैचारिक र सांगठानिक क्षमता भएका सयौं नेता कार्यकर्तालाई अनेक बहानामा कार्वाही गर्दै नेतृत्वमा आउन नदिनुभएका नेपालले अध्यक्ष ओलीसँगै बैचारिक नेता शंकर पोखरेलमाथिसमेत हमला गर्नुभएको छ ।
नेता नेपालले शुक्रवार मात्रै प्रधानमन्त्रीबिरुद्ध सडकबाट प्रचण्डकै शैलीमा उत्रिएर तथानाम गाली गर्नुभयो । तात्कालिन राजा जानेन्द्रले कू गर्दा प्रतिगमन आधा सच्चियो भन्दै सरकारमा गएर एमालेकै छवी धुलिसात बनाउनु भएका नेता नेपालले आरोप लगाइ रहँदा कार्यकर्ता भने उहाँले संबिधानसभा र गणतन्त्रको वकालत गर्दा बैचारिक नेता शंकर पोखरेललाई जिल्ला जानै प्रतिबन्ध लगाएको घटना संझन थालेका छन । नेता नेपालले सातौं राष्ट्रिय महाधिवेशनताका पोखरेलले संबिधानसभा, जनमत संग्रह र गोलमेच सम्मेलनको वकालत गरेपछि उहाँमाथि देशभर बहशमा जानै प्रतिवन्ध लगाउनु भएको हो ।

‘संबिधानसभा र गोलमेच सम्मेलनको बिषय उठाउन पाइदैन भन्दै माधव नेपालले शंकर पोखरेललाई पार्टी कमिटीमा बिचार राख्नै प्रतिवन्ध लगाउनु भयो, उहाँले सवै जिल्लासहित मातहत कमिटीलाई लिखित निर्देशन नै दिएर शंकर पोखरेललाई संबिधानसभा र गोलमेच सम्मेलनको बिषयमा बोल्न नदिन भन्नुभयो,’ तात्कालिन नेकपा एमालेका स्थायी कमिटीमा रहेका एक सदस्यले जनताटाइम्ससँग भन्नुभयो । एमालेमा रहेर संबिधानसभा र गणतन्त्रको मुद्धा उठाउन नपाउने आदेशसहित नेपालले प्रतिबन्ध लगाएपछि पोखरेल झण्डै एक बर्ष कुनै पनि जिल्ला जान पाउनु भएको थिएन ।

जनकपुरमा सम्पन्न सातौं महाधिवेशनमा समेत अधिकांश प्रतिनिधि संबिधानसभा र अध्यक्षात्मक प्रणालीमा जानुपर्ने अडानमा रहेपनि नेपालले भुक्याएर दुवै मुद्धा तुहाउनु भएको थियो । यतिसम्म कि शंकर पोखरेल फोन उठाउन महाधिवेशन हल बाहिर गएको मौका छोपेर सो प्रस्ताव फिर्ता लिएको घोषणा अध्यक्षमण्डलबाट गराइएको थियो ।