काठमाडौं, १३ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादका बीच चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउनुलाई भारतीय मिडियाले विशेष स्थानका साथ प्रकाशन गरेका छन्। उनीहरूले नेपालको राजनीतिमा चीनले सुक्ष्म हस्तक्षेप थालेको आरोप पनि लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको शक्ति संघर्षको यो अवस्थामा भारतले यति धेरै चासो दिनुका पछाडि अनेक कारण रहेका छन्।
उनीहरू प्रचण्डमार्फत ओलीलाई अपदस्त गराउने खेलमा रहेका छन्। ‘१२ बुँदे सम्झौता देखि नै भारतले प्रचण्ड र माधव नेपालहरूलाई प्रयोग गरेको थियो। यो कसैबाट लुकेको कुरा होइन। तर राजनीतिक रुपमा आफूलाई बलियो देखाउनका निम्ति प्रचण्ड नक्कली राष्ट्रवादको नारामा सडकमा आउने गरेका छन्’, स्रोतले भन्यो। पहिलो प्रधानमन्त्रीत्व कालमा नक्कली नागरिक सर्वोच्चताको कुरा गरेका प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री बन्न भारतकै पाउ मोलेको बताइन्छ। प्रायः घटनाक्रमले त्यसलाई पुष्टि गर्न खोज्छ।
प्रधानमन्त्री ओलीले गत वैशाखमा भारतले सरकार ढाल्न खोजेको भनेपछि त्यसको प्रतिरोधमा प्रचण्ड उभिए। एउटा एजेन्डाका लागि बसेको स्थायी समितिको बैठकमा उनले प्वाक्क भनिदिए– भारतले होइन, मैले राजीनामा मागेको हुँ। प्रचण्ड जसरी पनि ओली सरकारको लोकप्रियतालाई गिराउन, खस्काउन चहान्थे।
‘उनका गतिविधिका विषयमा सबैले देखेका छन्। अघिल्लो नौ महिने कार्यकालमा पनि भारतीय पक्षको उपयोगका आधारमा नै अविश्वासको प्रस्ताव आएको थियो, कांग्रेससँग मिलेर सरकार बनाए’, समाचार शुत्रहरू भन्छन्,‘अहिले पनि राष्ट्रिय स्वाधिनताका सवालमा ओली सक्रिय हुन थालेपछि प्रचण्ड स्वार्थका लागि नै उपयोग भएका छन्।’ ओलीलाई भारतले नपत्याउने भन्ने उदाहरण त प्राध्यापक एसडी मुनीले दिएको प्रतिक्रियाले पनि स्पष्ट पारेको छ। उनले ओलीलाई भारतीय प्रशासनले नपत्याउने बताइदिए।
भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्त गोयललाई बालुवाटारमा छिरेको विषयलाई लिएर ओलीलाई भारतपरस्त भन्ने आरोप पछिल्लो पटक लगाइयो । ‘उहाँले बोलाएर नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्नका लागि चेतावनी र सुझाव दिनुभएको थियो। कुनै न कुनै प्रकारले मुलुकलाई स्वाधिन त बनाउन पर्ने हुन्छ, मैत्रीपूर्ण सम्बन्ध स्थापित गरौं भन्ने प्रस्ताव थियो’, बालुवाटार स्रोतले भन्यो। नेपालको आन्तरिक राजनीति र त्यसमा पनि बलियो पार्टीभित्र उपयोग गर्न सके कतिपय राज्यका संयन्त्रमा भारतीय हावी हुनेछन्।
यो विवादको मुख्य जड भनेको ओलीले संवैधानि आयोगहरूमा हस्तक्षेप गर्न नदिनु। ‘प्रचण्डमार्फत सिफारिस भएका कस्ता कस्ता मानिस त्यहाँ पुग्ने थिए र तिनले सरकार असफल बनाउन सक्थे भन्ने त सानो तयारी थिएन। तैपनि सदन नै भंग हुने अवस्था सम्म बनाइयो, प्रचण्डलाई सडकबाट नै आन्दोलन गर्न लगाइयो’, विशेष स्रोतले भन्यो,‘यो सरकार गिराउने खेलका मुख्य गोटी प्रचण्ड नै बने जसले माधव नेपाल र झलनाथ खनालहरूको काँधमा बन्दुक राखी तत्कालिन एमालेभित्र विभाजन ल्याए।’
प्रतिक्रिया दिनुहोस्