जनता टाइम्स

१६ पुष २०७७, बिहीबार ०८:४९

प्रचण्ड–नेपाल समूहले भ्रम फैलाए, म ओलीकै साथमा छुु


धनकुटा, १६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको महाधिवेशन आयोजक समिति सदस्य राजेन्द्र कुमार राईले आफू ओलीको साथमै रहेको बताउनुभयो ।

नेकपा धनकुटाका अध्यक्ष समेत रहेका राईले केही मिडियामा प्रचण्ड–नेपाल समूहमा फर्किएको भन्ने भ्रामक समाचार आएको भन्दै त्यसको खण्डन गर्नुभएको छ। उहाले केही मिडियामा कपोकल्पित, भ्रामक र व्यक्तिको राजनीतिक चरित्र हत्या गर्ने दुराशयपूर्ण समाचार आएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको हो ।

प्रतिनिधि सभा विघटनपछि दुई समूहमा बाँडिएको नेकपाभित्र उनी प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा रहनु भएको छ । उहालाई ओलीले केन्द्रीय सदस्यसमेत बनाउनु भएको छ । उनी २०७४ सालको प्रतिनिधि सभा निर्वाचन वामगठबन्धन तर्फबाट धनकुटाबाट निर्वाचित पनि हुनुभएको थियो । उहा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी प्रदेश १ सदस्य र धनकुटा अध्यक्ष हुनुभएको छ ।