काठमाडौं, पुस १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र आफूबिरुद्ध पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल समुहले लगाएको आपत्तिजनक नाराबारे मुख खोल्नुभएको छ । नेकपा काठमाडौंले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समुहलाई सामाजिक मर्यादा ख्याल गर्न सुझाउनु भयो ।
सो समुहले काठमाडौंमा केही दिनअघि आयोजना गरेको बिरोध जुलुसमा राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबिरुद्ध आपत्तिजनक आक्षेपसहितको नारा लगाएका थिए । सो बिषयमा मुख खोल्दै प्रधानमन्त्री ओलीले सो समुहलाई भन्नुभयो, ‘कठैबरा’ ।
प्रधानमन्त्री ओलीले राजनीतिक कुरा सकिएपछि आपत्तिजनक आक्षेपको साहारा लिएको पनि बताउनु भयो । ‘उहाँहरुले नारा लगाएको देख्नुभयो नि ? कठैबरा, देख्नेहरुलाई पनि धेरै लाज भइसक्यो, सामाजिक मर्यादा ख्याल गरेको भए हुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले धेरै बर्ष अगाडि भनेको थिए, गोरु नांगो देख्दा मलाइ लाज लाग्दैन । त्यो नाराबारे अहिले यत्ति मात्रै भनौं ।’
प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समुहको जुलुस र सभालाई सिसीमा आषधी बेच्नेको हैसियतमा रहेको संज्ञा दिनुभयो ।
‘रत्नपार्कमा सिसीमा औषधी बेच्नेले पनि त्यति मान्छे जम्मा गर्छ । उहाँहरुको हालत त्यही हो, किनकि उहाँहरुको एजेण्डा देश, जनता र लोकतन्त्र होइन, संबिधानको रक्षा पनि होइन । संबिधान संशोधन गरेबापत, नक्स छापेबापत उहाँहरुलाई कत्रो पीडा छ । उहाँहरुको एजेण्डा देश, जनता हुँदै होइन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्