काठमाडौं, पुष १८
प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि एक कार्यक्रममा भन्नु भएको थियो, ‘युद्ध गर्ने प्रचण्ड, बादल सार्वजनिक भईसक्दा पनि पर्दा पछाडीबाट हात मिलाउने (नारायणकाजी श्रेष्ठ)को नेतृत्वमा मेराविरुद्ध आन्दोलन गर्ने, कठै ।’ उहाको भनाईलाई धेरैले चासोपूर्वक सुने ।
प्रचण्ड माधव समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले क्यालेण्डरमै नभएको मिति राखेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेपछि प्रधानमन्त्री ओलीको सो भनाईलाई फेरी ताजा भएको छ ।

प्रचण्ड–माधव समूहले प्रतिनिधि सभा विघटनको विरोधमा आज दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सार्वजनिक तालिका अनुसार पौष ३० गते सबै वडाहरुमा देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने कार्यतालिका रहेको छ । तर यो पौष महिना २९ गतेसम्म मात्रै छ ।

नेपाली क्यालेण्डरमा नै नभएको मितिमा कार्यक्रम गर्ने तयारी प्रचण्ड नेपाल पक्षको छ । उनीहरुले क्यालेण्डर नै नहेरी कार्यक्रमको तालिका बनाउन हतारो गरेको देखिन्छ ।













प्रतिक्रिया दिनुहोस्