काठमाडौं, पुष १९
विदेश जानका लागि नक्कली पिसिआर रिपोर्ट प्रयोग भईरहेको रहस्य खुलेको छ । प्रहरीले सात जनालाई विमानस्थलबाट पक्राउ गरेपछि यो रहस्य खुलेको हो ।
नक्कली पिसिआर रिपोर्ट सहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सातै जना युएई जान लागेका थिए । यसअघि पनि युएईले नेपालबाट नक्कली पिसिआर रिपोर्ट बोकेर आउने गरेको भन्दै नेपाल बायु सेवा निगमसँग चेकजाँचमा कडाई गर्न भनेको थियो ।













प्रतिक्रिया दिनुहोस्