जनता टाइम्स

१९ पुष २०७७, आईतवार १६:२४

बैशाखमा निर्वाचन हुनेमा ढुक्क रहन प्रधानमन्त्री ओलीको अपिल


काठमाडौं, पुष १९

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा तोकिएकै समयमा निर्वाचन हुनेमा ढुक्क रहन अपिल गर्नुभएको छ । बबरमहलमा आफ्नो समुहमा निकट रहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले बैशाखमा निर्वाचन हुने स्पष्ट पार्नुभएको हो ।

‘चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरेका छन् । ढुक्क हुनुस् वैशाखमा तोकिएकै समयमै चुनाव हुन्छ’, उहाले भन्नुभयो । प्रधानमन्त्री ओलीले पार्टी फुटाउनकै लागि मात्रै खुमलटारमा २८० पटक बैठक बसेको खुलासा पनि कार्यक्रममा गर्नुभयो । ‘नेतृत्व खुइल्याउन र पार्टी फुटाउन मात्रै २८० बैठक त खुमलटारमै बसेका रहेछन् । अरु ३५ बैठक बाहिर बसेका रहेछन्’, उहाले सुनाउनु भयो ।