जनता टाइम्स

१९ पुष २०७७, आईतवार १६:४९

प्रचण्डलाई प्रदीप ज्ञवालीको प्रश्न : एकता जोगाउन प्रधानमन्त्रीले अन्तिम प्रयाश गर्दा पनि नमान्नु पर्ने कारण के हो ?


प्रधानमन्त्रीले पार्टी एकता जोगाउन अन्तिम प्रयाश गर्नुभो, घरमै पुगेर आरोपत्र फिर्ता लिनोस भन्नुभयो तर उहाँ (प्रचण्ड) ले मान्नुभएन,’ अनेरास्वबियूले काठमाडौंमा आयोजना गरको बृहत कार्यकर्ता भेलामा मन्त्री ज्ञवालीले भन्नुभयो, ‘ एकता जोगाउन अन्तिम प्रयाश स्वरुप अभियोग पत्र फिर्ता लिनोस भन्दा पनि नमान्नु पर्ने कारण के हो ?’

काठमाडौं, पुस १९ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउने अन्तिम प्रयाश अध्यक्ष प्रचण्डले अस्वीकार गरेपछि बिभाजनको तहमा पुगेको तथ्य खोल्नुभएको छ । नेकपाका प्रवक्तासमेत रहनुभएका मन्त्री ज्ञवालीले समेत रहनुभएका मन्त्री ज्ञवालीले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पाटीृ एकता जोगाउने अन्तिम प्रयाश स्वरुप निवासमै पुगेर प्रचण्डलाई आरोपपत्र फिर्ता लिन भन्दा अस्वीकार गरी बिभाजनको बाटो रोजेको तथ्य खोल्नुभएको हो ।

‘प्रधानमन्त्रीले पार्टी एकता जोगाउन अन्तिम प्रयाश गर्नुभो, घरमै पुगेर आरोपत्र फिर्ता लिनोस भन्नुभयो तर उहाँ (प्रचण्ड) ले मान्नुभएन,’ अनेरास्वबियूले काठमाडौंमा आयोजना गरको बृहत कार्यकर्ता भेलामा मन्त्री ज्ञवालीले भन्नुभयो, ‘ एकता जोगाउन अन्तिम प्रयाश स्वरुप अभियोग पत्र फिर्ता लिनोस भन्दा पनि नमान्नु पर्ने कारण के हो ?’ उहाँले प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालसहितका समुहले पार्टीलाई अत्यन्तै ठूलो घात गरेको र जनताको मुद्दाबाट धेरै टाढा पुर्याउने अभियान चालेको तथ्य पनि खोल्नुभयो ।

‘उहाँहरुले देशको मान होइन, मेरो मान खोई भने, जनताको मान होइन, मेरो मान खोई भने । आफ्नो लागि सवथोक चाहियो भन्ने कुरामा लाग्नुभयो,’ ज्ञवालीले भन्नुभयो, ‘जसरी पनि एकता भत्काउने प्रयाश भयो, खेलको अन्तिममा गरिने नियम परिवर्तन किमार्थ स्वीकार्य हुँदैन । तर त्यो काम गरे ।’ मन्त्री ज्ञवालीले पार्टीभित्रको बिवाद संसदमा लगेर देश र जनतामाथि घात गर्ने काम भएपछि प्रधानमन्त्रीले संसद बिघटन गर्नुपरेको तथ्य पनि सुनाउनु भयो ।

‘पार्टीभित्रको बिवादलाई संसदमा लाने काम भयो । सांसदको हस्ताक्षरलाई दुरुपयोग गरी अबिश्वासको प्रस्ताव ल्याउने तयारी अघि बढाइयो । आफूसँग बहुमत छैन भनेर संसदीय दलको बैठक नबोलाइ संसदमा अबिश्वासको प्रस्ताव ल्याउने प्रयाश भयो,’ मन्त्री ज्ञवालीले भन्नुभयो । उहााले अव मुलुक निर्वाचनमा होमिएको भन्दै बिद्यार्थीहरुलाई आगोको फिलिङ्गो जस्तै बनेर गाउँगाउँ जानोस, जनतालाई जगाउने काममा लाग्न पनि सुझाव दिनुभयो ।