काठमाडौं, पुस १९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा पार्टी फुटाउनकै लागि २ सय ८० ओटा बैठक बसेको तथ्य बाहिर आएको छ ।
२०७५ जेठ ३ गते तात्कालिन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच एकता भई नेकपा गठन भएको थियो ।एकतापछि अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निवास खुमलटारमा २ सय ८० ओटा बैठक बसेर पार्टी फुटाउने काम भएको तथ्य नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नै खोल्नुभएको हो । प्रधानमन्त्री ओलीका अनुसार नेकपा फुटाउन खुमलटारमा मात्रै २८० वटा बैठक बसेको छ भने खुमलटार बाहिर पनि अरू ३५ वटा बैठक बसेको छ ।
‘पार्टी फुटाउन खुमलटारमा २८० ओटा बैठक बस्यो, त्यसबाहिर पनि ३५ ओटा बैठक भयो,’ प्रचण्ड र माधव नेपालले पार्टी बिभाजनका लागि गरेको षडयन्त्र खोल्दै प्रधानमन्त्री ओलीले भन्नुभयो । अबिश्वासको प्रस्तावमार्फत प्रधानमन्त्री हटाउने, मनोनीत कमिटीको बहुमत देखाएर अध्यक्ष हटाउने, राष्ट्रपति र प्रधानन्यायाधीशबिरुद्ध महाअभियोग लगाउने प्रचण्ड र माधव नेपाल समुहको योजना यसअघि नै बाहिर आइसकेको छ ।













प्रतिक्रिया दिनुहोस्