काठमाडौं, पुस २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा बद्रीहाङ राई र मुनादेवी राई रहेको प्रहरीले जनाएको छ । बिमानस्थल प्रहरीका अनुसार उनीहरु नाताले आमाछोरा हुन ।
प्रहरीका अनुसार त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको जहाजबाट झापा भद्रपुर जान लागेका उनीहरुको लगेज जाँच गर्दा गोली फेला परेको हो । विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार गोली लैजानुको उद्देश्यबारे अनुसन्धान भइरहेको छ ।
प्रहरीले पक्राउ परेकी मुनादेवी अवकाश प्राप्त प्रहरी कर्मचारीकी पत्नी रहेको बताएको छ ।













प्रतिक्रिया दिनुहोस्